×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गोदावरीका बाढी पहिरो प्रभावित परिवारलाई जनार्दनले गरे राहत सामग्री वितरण

गोदावरीका बाढी पहिरो प्रभावित परिवारलाई जनार्दनले गरे राहत सामग्री वितरण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले गोदावरी नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका शर्माले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो प्रभावित परिवारलाई त्रिपाल, झुल, म्याट्रेस लगायतका विभिन्न सामग्रीहरु प्रदान गरेका हुन् । केही सामाग्री शर्मा आफैले पीडित परिवारलाई प्रदान गरेका छन् भने केही वडाध्यक्ष विष्णुमान महर्जनमार्फत प्रदान गरेका हुन् । 

शर्माले करिव ८० घरपरिवारलाई सोमबार उक्त राहत सामग्री प्रदान गरेको वडाध्यक्ष महर्जनले जानकारी दिए । उनले बाढीपहिरोले वडाबासी नागरिकहरु समस्यामा परेको भन्दै सहयोगी मनहरुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्