×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सारियो

राष्ट्रपतिसँग जेनजीको छलफल सोमबारलाई सारियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । बिहान १० बजेदेखि सुरु हुने भएको भनिएको छलफल दुईदिन पछि सारिएको हो ।

छलफलका लागि शीतलनिवास पुगेको जेनजीका एक अगुवाका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भनी बैठक सारिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल जारी राखेका छन् ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीत लनिवास बोलाइएको थियो । शीतल निवासमा प्रवेश नपाएको भनी केही जेनजीले गेटबाहिर विरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्