×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले सांसद गोकुल बास्कोटाले दिए उपसभामुखलाई राजीनामा दिन सुझाव

एमाले सांसद गोकुल बास्कोटाले दिए उपसभामुखलाई राजीनामा दिन सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै यति धेरै प्रश्न उठेपछि राजीनामा दिएर सबैलाई जवाफ दिन सुझाव दिएका हुन् ।

विगतमा आफूमाथि प्रश्न उठेपछि मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने, उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रस्तस्त गरे के बिग्रन्छ ?’

दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने उनले बताए ।

संसदको बैठकको सुरुमै रास्वपाले विशेष समय लिएर संवैधानिक परिषदबाट बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएको थियो । त्यसो गरिए लोकतन्त्रको हत्या हुने भन्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आप्पत्ति जनाएका थिए ।

एमाले सांसद बास्कोटाले भने लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाउने बताए । साथै जसलाई नैतिकताको कसीमा जाँचिनु छ, उसले चुनौती दिने अवसर पनि लोकतन्त्रमा हुने बताए । ‘प्रश्न उठ्नु र जवाफदेहीता चाहिन्छ भन्नु लोकतन्त्रको हत्या होइन’, सांसद बास्कोटाले भने, ‘लोकतन्त्रलाई थप बलियो बनाउन मदत पुग्छ ।’

प्रणाली, व्यक्तिको आचरण वा पदिय दायित्वमा रहेर गर्नु पर्ने काममा प्रश्न उठे पद छोड्नुपर्ने उनले बताए । ‘सांसदहरुबारे प्रश्न उठ्यो भने के गर्ने भन्ने कानुन नियम बनाउँ न’, बास्कोटाले भने, ‘व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा खुला किताब र सबैको निम्ति पारदर्शिता प्रदर्शन गर्न मार्गप्रशस्त गरे हुन्छ ।’

प्रतिकृया दिनुहोस्