×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनमतका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

जनमतका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बन

काठमाडौं । जनमत पार्टीले उपाध्यक्ष एवं अनुशासन समितिका संयोजक दीपककुमार साहलाई छ महिनाका लागि निलम्बन गरेको छ ।

महोत्तरीको बर्दिबासमा केन्द्रीय समितिको बैठक बस्नु अघि साहलाई सात दिने स्पष्टीकरण सोधिएको थियो । साहले पार्टीमा पेस गरेको स्पष्टीकरण चित्त बुझ्दो नभएको जनाउँदै छ महिना निलम्बन गरिएको हो । पार्टीले छ महिनाका लागि निलम्बिन गरेको साहले बताए ।

पार्टीमा जिम्मेवारी अनुसारको भूमिका निर्बाह नगरेको, अध्यक्ष सीके राउतको विरुद्धमा गतिविधि गरेको लगायतका आरोप लगाइएको थियो । साहले आफू माथि लागेका आरोपको आधार पुष्टि गर्न माग गर्दै स्पष्टीकरण बुझाएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस्