×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमसीसी सधैंको लागि खारेज गरी कुटनीतिक सम्बन्ध प्रगाढ बनाउन अमेकिालाई नेकपाको आग्रह

एमसीसी सधैंको लागि खारेज गरी कुटनीतिक सम्बन्ध प्रगाढ बनाउन अमेकिालाई नेकपाको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले एमसीसी कम्प्याक्ट सधैंको लागि खारेज गर्न अमेरिकालाई आग्रह गरेका छन । एमसीसी खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन उनले अमेरिकालाई आग्रह गरेका छन् । 

महासचिव विप्लव सीले आइतबार एक विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजनामार्फत सहयोग अगाडि बढाउन आग्रह गरेका हुन् ।
महासचिव विप्लव सीद्वारा जारी विज्ञप्तिमा भनिएको छ एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नै आम नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै सुरुकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आइरहेका छन्‌ ।

डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’

विज्ञप्तिको पूर्ण पाठ–

प्रतिकृया दिनुहोस्