×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु

मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । धादिङमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

बा.प्र ०१-००४ क ३३५२ नं।को पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुजुरी-६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।

दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

प्रतिकृया दिनुहोस्