×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ट्रमा सेन्टरमा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

ट्रमा सेन्टरमा थप एक जनाको मृत्यु, मृतकको संख्या १५ पुग्यो

काठमाडौं । ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको  उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसैगरी सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जना जना प्रदर्शनकारीको मृत्यु भएको छ । अहिलेसम्म कुल १५ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्