×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तीनकुने घटना : सविनलाई १ गोली लागेको पोस्टमार्टम रिपोर्ट, शव परिवारलाई जिम्मा लगायो

तीनकुने घटना : सविनलाई १ गोली लागेको पोस्टमार्टम रिपोर्ट, शव परिवारलाई जिम्मा लगायो

काठमाडौं । तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको शव परिवारको जिम्मा लगाइएको छ । त्रिवि शिक्षण अस्पतालले केहीबेरअघि शव परिवारको जिम्मा लगाएको हो ।

सविनको शवको आजै पोस्टमार्टम गरिएको थियो ।

पोस्टमार्टमको क्रममा उनको शरीरिमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिने नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

१५ चैतमा राजावादीहरुले गरेको आन्दोदनका क्रममा गोली लागेर उनको मृत्यु भएको थियो । पोस्टमार्टमपछि उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्