×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

रुसले युक्रेनमा आक्रमण गर्दा २५ जनाको मृत्यु

रुसले युक्रेनमा आक्रमण गर्दा २५ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो ।

बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो ।

बीबीसीका अनुसार शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणबाट भवनहरुमा आगो लागेको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको हो ।

प्रतिकृया दिनुहोस्