×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

जर्जियाको एक रिसोर्टमा ११ भारतीय मृत फेला

जर्जियाको एक रिसोर्टमा ११ भारतीय मृत फेला

काठमाडौं । जर्जियाको गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिक मृत फेला परेका छन् । जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो ।

दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको हो । कार्बन मोनोअक्साइड ग्याँसका उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

एएफपी समाचार एजेन्सीका अनुसार उनीहरु सुत्ने ठाउँमा मृत फेला परेका थिए र प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन ।

अधिकारीहरुका अनुसार शुक्रबार बत्ती गएपछि त्यहाँ तेलबाट चल्ने जेनेरेटर प्रयोग गरिएको थियो । यसबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्