काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँ र पुदिनाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बिहीबार हरियो धनियाँ र पुदिनाको मूल्य घटेको देखाएको हो ।
बिहीबार धरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो २० रुपैयाँ र पुदिनाको मूल्य थोकमा प्रतिकिलो ३७ रुपैयाँ घटेको हो । बुधबार पुदिनाको थोक मूल्य किलोको २ सय ६५ रुपैयाँ थियो ।आज बिहीबार भने पुदिना प्रतिकिलो २ सय २८ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै हरियो धनियाँ हिजो बुधबार ३ सय ४० रुपैयाँमा किनबेच भएकामा आज ३ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।