×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

नेपाल टेलिकमको नाफा ३३ प्रतिशत घट्यो

नेपाल टेलिकमको नाफा ३३ प्रतिशत घट्यो

काठमाडौं । नेपाल टेलिकमको नाफामा प्रतिशतले गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा २ अर्ब ६३ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड रुपैयाँ थियो ।

ब्याज आम्दानी र बिक्री आम्दानी नै घटेपछि नाफामा असर परेको छ । चालु आव दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको आम्दानी १७ अर्ब रुपैयाँ छ ।

गत आवको यसै अवधिमा यस्तो आम्दानी १७ अर्ब २४ करोड थियो । त्यस्तै वित्तीय (ब्याज) आम्दानी पहिले ३ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्ब ३० करोड छ । बैंकको ब्याज घट्दा कम्पनीको यो आम्दानीमा असर पारेको हो ।

नाफा घटेसँगै प्रतिसेयर आम्दानी घटेको छ । यस्तो आम्दानी २९ रुपैयाँ २८ पैसा छ । पहिले यस्तो आम्दानी ४३ रुपैयाँ ६८ पैसा थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा छ ।

प्रतिस्पर्धी बजार, भ्वाइसबाट डाटा अन्य सेवातिर ग्राहकको बढ्दो आकर्षण, नियामक तथा सरकारी नियमको परिवर्तनबाट सेवा शुल्कमा परिरहेका असरलाई कम्पनीले चुनौतिका रुपमा औंल्याएको छ ।

प्रतिकृया दिनुहोस्