काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।