काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ३० रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।