काठमाडौं । शुक्रबार नेपाली बजारमा सनुचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा २३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।