×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

काभ्रेमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काभ्रेमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका चालक सिन्धुलीको मरिण गाउँपालिका-१ का २८ वर्षका रमेश ठाडाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्