×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू (सूचीसहित)

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद् बैठक बसेको थियो ।

उक्त बैठकका निर्णयहरू सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी गराएका छन् । उनका अनुसार, तीन वटा ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत भएको छ ।

यस्ता छन् मुख्य निर्णयहरू :

–नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र भूवन कुमार दाहाल, काठमाडौं सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने ।

–नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने । 

–प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने ।

–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।

प्रतिकृया दिनुहोस्