×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

काठमाडौं । कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल भएको छ । शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल भएको हो ।

छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए । ‘संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषय’ मा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको छ,’ बर्तौलाले भने । हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ ।

‘५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधिसभा नियमावलीमा आकश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको छ,’ उनले भने ।

दलहरूले कानुन निर्माणमा समयसीमा राख्ने विषयमा समेत छलफल गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्