×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।

दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।  उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।  

प्रतिकृया दिनुहोस्