×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ललितपुरमा पानीका ११ नमुनामा कोलिफर्म फेला,हैजा फैलिने जोखिम

ललितपुरमा पानीका ११ नमुनामा कोलिफर्म फेला,हैजा फैलिने जोखिम

काठमाडौं । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार दूषित नमुना गोदावरी नगरपालिका र माहांकाल गाउँपालिका क्षेत्रका खानेपानी स्रोत संकलन गरिएको हो ।

स्वास्थ्य शाखाले दिएको विवरण अनुसार ८ साउनमा गोदावरी नगरपालिकाबाट ल्याइएका १० पानीको जारमध्ये ६ मा कोलिफर्म भेटिएको थियो ।

१६ साउनमा बागमती गाउँपालिकाको पाङ्रेटार र ज्यामिरे खानेपानी स्रोतबाट ल्याइएका ६ नमुनामा कोलिफर्म भने देखिएन । तर १९ साउनमा माहाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट ल्याइएका पाँचै नमुनामा फिकल कोलिफर्म भेटिएको हो ।

फिकल कोलिफर्म पानीमा मानव वा जनावरको दिसा मिसिएको संकेत हो । यस्तो दूषित पानी पिउँदा टाइफाइड, झाडापखाला र हैजासम्मका रोग फैलन सक्छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले ललितपुरका केही क्षेत्रमा गरिएको पानी परीक्षणमा दिसाबाट फैलिने जीवाणु कोलिफर्म फेला परेको बताए ।
उनका अनुसार पानीको नियमित स्क्रिनिङका क्रममा विद्यालय, समुदाय र गोदावरी क्षेत्रका केही नमुनामा उक्त जीवाणु भेटिएको हो ।

प्रतिकृया दिनुहोस्