×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता

भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता

काठमाडौं । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ । परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो ।

न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो । सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागका प्रवक्ता महर्जनले बताए ।

प्रतिकृया दिनुहोस्