काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १७ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँ घटेर प्रतितोला एक हजार ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।