काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार ९८० रुपैयाँमा कारोबार भएको छापावाल चाँदीको मूल्य आइतबार बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो ।