×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा १६ सय रुपैयाँ बढ्यो सुन

तोलामा १६ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं । सुनको भाउ तोलामा १६ सय रुपैयाँ बढेको छ । बुधबार तोलामा २२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६६ हजार ९ सयमा कारोबार भएको सुन आज तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र डलरको मूल्यवृद्धिले एकैपटक सुनको मूल्यलाई प्रभाव पारिरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९७५ रुपैयाँ रहेको चाँदी आज १९८० रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्