×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा

ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव धरौटीमा रिहा

काठमाडौँ । जिल्ला अदालत मोरङले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ठगी मुद्दामा न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मङ्गलवार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । बुधवार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दर्ता भएको थियो ।

स्वकीय सचिव ठगी मुद्दामा जोडिएपछि सभापति  पोखरेलले जिम्मेवारीबाट हटाएका थिए ।

प्रतिकृया दिनुहोस्