काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रिंदा उडान/अवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले लाइट मर्मत गरी उडानअवतरण सुरु गरिएको छ ।
बिहानका रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
‘अहिले उडान सुरु भए पनि बिहानको प्रभावले जहाजहरू डिले भएका छन्,’ उनले भने ।