काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा २२ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १५ रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।