×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दाउन्नेमा राति खुलेको राजमार्गमा फेरि पहिरो

दाउन्नेमा राति खुलेको राजमार्गमा फेरि पहिरो

काठमाडौँ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा बिहान ५ः१० बजेदेखि पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण बन्द भएर खुलेको केही बेरमै  फेरि पहिरो जाँदा बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो ।

नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको छ । यसका लागि अझै केही समय लाग्ने भएकोले राजमार्ग खुल्न अझै केही समय लाग्नेछ । 

ुहामी प्रयास गर्दैछौं । प्राविधिक समस्या भएन भने डेढ दुई घण्टामा खुल्छ उनले भनिन् । पहिरोका कारण काठमाडौँ र पूर्वबाट पश्चिमतिर गएका झन्डै सात सय गाडी दाउन्नेमा रोकिएर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्