×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तानविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । आइतबार विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा पेसी तोकिएकोमा मुद्दा हेर्न नमिल्ने भएको हो ।

२०८० चैत २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक रूपमा आर्जन गरेको आरोपमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो ।

त्यसपछि २०८१ जेठ २९ गते थापासहित ६ जनाविरुद्ध बागमती नगरपालिकाको भरत तालमा ३० करोड २९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अर्को मुद्दा दायर गरिएको थियो । मुद्दा चल्दै गर्दा उनीहरुविरुद्ध विशेषमा थप एक र जिल्ला अदालत सर्लाहीमा अर्को मुद्दा  दायर गरिएको छ ।

प्रतिकृया दिनुहोस्