×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ ।

टपरी उद्योगमा तयार भएको ८ लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए ।

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।

क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्