×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

१४ लाख ३० किशोरीले लगाए एचपीभी खोप

१४ लाख ३० किशोरीले लगाए एचपीभी खोप

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १४ लाख ३० हजार किशोरीले खोप लगाएका छन् । सरकारले गत माघ २२ गतेदेखि फागुन ६ गतेभित्र १४ लाख ३० हजार किशोरीले खोप लगाएका हुन् । 

दुई सातको अभियानमा सरकारले अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको थियो । तर सो मार्फत करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका हुन् । कारणवश खोप लगाउन छुटेका र लगाउन खोज्नेलाई खोप लगाइदिने स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए । 

उनले सबै ठाउँबाट खोप लगाएको रिपोर्ट आउन नसकेको पनि दाबी गरे । हिमाली क्षेत्रमा हिउँ परेका कारण हुम्ला, डोल्पा, मनाङ र मुस्ताङ खोप लगाउन नसकेको उनले बताए । फागुनको अन्त्यसम्म खोप लगाइने उनले बताए ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ । अभियानमा १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्