×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

स्वास्थ्य

कुष्ठरोगका सबैभन्दा बढी विरामी मधेश प्रदेशमा

कुष्ठरोगका सबैभन्दा बढी विरामी मधेश प्रदेशमा

काठमाडौं । मधेश प्रदेशका जिल्लाहरूमा कुष्ठरोगका विरामीहरू सबैभन्दा बढी पाइएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी कुष्ठरोगका रामी मधेश प्रदेशमा पाइएका हुन् ।

बिहीबार काठमाडौंमा सुरु कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले तथ्यांक प्रस्तुत गरे । उनले मधेश, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको बताए । मधेश प्रदेशमा कुल कुष्ठरोगीको एकतिहाइ भन्दा बढी विरामी रहेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका दुई हजार चार सय ७२ कुष्ठरोगीमध्ये महिलाको संख्या एक हजार ४२ छ । १४ वर्षमुनिका नयाँ बिरामीको संख्या एक सय ३६ रहेको सचिव डा. देवकोटाले जानकारी दिए । उनले पहिचान भएका सबै बिरामी उपचाररत रहेको पनि बताए ।

आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक विश्लेषण गर्दा कुष्ठरोगको प्रकोप दर राष्ट्रिय तहमा एकभन्दा कम (०.९२ प्रतिशत) रहेको छ । तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा एकभन्दा माथि, ४८ जिल्लामा एकभन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला परेका छैनन् ।
कुष्ठरोग निवारणका लागि रोगको प्रकोप दर एकभन्दा कम हुनुपर्छ । प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्