काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा १४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।