×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्युठान दम्पती हत्या, बारीमा भेटियो रगत लतपतिएको घन

प्युठान दम्पती हत्या, बारीमा भेटियो रगत लतपतिएको घन

काठमाडौं । प्युठानमा दम्पती हत्याको अनुसन्धान गरेको प्रहरीले बारीबाट घन फेला पारेको छ । घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको हो । योसँगै हत्याराले घन प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका दम्पतीको टाउको क्षतविक्षप्त अवस्थामा हुनु र बारीमा घन भेटिनुले हत्याराले घन प्रयोग गरेको हुनसक्छ ।

शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।

छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।

अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए ।

प्रतिकृया दिनुहोस्