काठमाडौं । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २२ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार सुन प्रतितोला एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।