काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।