×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

काठमाडौँ । कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताए ।

बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्