×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ

सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।

प्रेस सेन्टर नेपालले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताए ।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेको उनको कथन छ ।  विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको उनले बताए ।

केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको  खबरदारी गर्दै आएको बताए । 

प्रतिकृया दिनुहोस्