काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् । संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन् ।