×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

काठमाडौँ । ६ महिनापछि विपक्षी चार दलीय समाजवादी मोर्चाको बैठक आज बसेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।  बैठकमा विगतको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीतिबारे छलफल हुने कार्यदल सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा पेस हुनेछ । ओली सरकारविरुद्ध थप सशक्त भएर जाने, वामपन्थी एकता र ध्रुवीकरणलाई कसिलो बनाउँदै लैजाने मोर्चाले तयारी गरेको छ । 

असार २८ गते प्रचण्ड सरकार ढलेपछि साउन १ गते पहिलोपटक बैठक बसेको थियो । यसबिचमा कार्यदलको बैठक बसे पनि मोर्चाको मुख्य दल नेकपा माओवादी केन्द्र आन्तरिक काममा व्यस्त रहँदा बैठक प्रभावित हुँदै आएको थियो । 

प्रतिकृया दिनुहोस्