×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते गर्ने निर्णय

प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन माघ १५ गते गर्ने निर्णय

काठमाडौं । प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ । आज बिहान भर्चुअल रुपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो ।

त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।  त्यसपछि माघ १५ गते स्थापना दिवसकै दिन केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशनले  तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । यसअघि २०७८ सालको मंसिरमा चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा (जुगल) अध्यक्ष चुनिएका थिए ।

प्रतिकृया दिनुहोस्