×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

गण्डकी

गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

गण्डकीको भौतिक मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

पदीय मर्यादाविपरित शर्माले भ्रष्टचार गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ सम्पत्तिको स्रोत पुष्टि नभएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनका अनुसार विस २०५४ माघ ८ गते सेवा प्रवेश गरेका शर्माले ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो ।

सो क्रममा शर्माले पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारको ठहर छ । अवैधरुपमा अर्जित सम्पत्ति शर्माले पत्नी हुमा कुमारीको नाममा राखेर सम्पत्ति विवरणमा नखुलाएको पाइएको छ ।

लेखा अधिकृत शर्मा र उनकी पत्नी हुमा कुमारीलाई समेत प्रतिवादी बनाए भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम उक्त सम्पत्ति जफत र कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्