×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

काठमाडौँ । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो । 

शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए ।
 
संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो । मैले राज्यको नियम पालना गराउन गएको हुँ । तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो, अध्यक्ष सुवेदीले भने । घटनाको मयर धनराज आचार्यले पनि विरोध जनाएका छन् । 

सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् सो संरचना हटाउन अनुरोध  गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा  अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र  आक्रमण भयो, आचार्यले भने, यो घटना निन्दनीय छ । यस गलत काम विरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ । उनले गिरीमाथि कानुनी कारबाही हुने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्