×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

कन्सर्टका लागि काठमाडौं आइपुगे सोनु निगम

कन्सर्टका लागि काठमाडौं आइपुगे सोनु निगम

काठमाडौं । आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन चर्चित भारतीय गायक सोनु निगम अपरान्ह काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए ।

प्रशस्तै हिट नेपाली पनि गाइसकेका निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । उनले ३ घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागि हुने अपेक्षा गरिएको छ । उनले फिल्म ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधादर्जन नेपाली गीत पनि गाउनेछन् ।

प्रतिकृया दिनुहोस्