रामेछाप । रामेछापको सदरमुकाम मन्थलीबाट सालु जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छ ।
आइतबार दिउँसो करिब २ बजे मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा बा १८ च १८३९ नम्बरको बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको हो । मृतकसहित बोलेरोमा सवार यात्रुहरूको परिचय खुल्न बाँकी छ ।
घाइतेहरूको उद्धार गरी सदरमुका स्थित मन्थली अस्पतालमा उपचार भइरहेको सुनारपानीका वडा अध्यक्ष रविन कार्की (नवीन) ले जानकारी दिएका छन । थप जानकारी आउन बाँकी छ ।