×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुरको प्रमुखमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने

कीर्तिपुरको प्रमुखमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने

काठमाडौं । कीर्तिपुरमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा दुई दलबीच तालमेल गर्ने निर्णय भएपनि एकीकृत समाजवादीका तर्फबाट भानु रिजालले प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।

रिजालले मंगलबार विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी गराएका छन् । पार्टी केन्द्रको निर्णय अनुसार उम्मेदवारी निष्क्रिय गरेको उनले बताए ।

नगर प्रमुख पदमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रिता खड्कालाई मत दिन रिजालले आग्रह गरेका छन् ।

कीर्तिपुरमा प्रमुख पदका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रतिकृया दिनुहोस्