काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला दुइ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।