काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लागेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।