×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना

ब्रेक फेल हुँदा इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । काठमाडौँबाट हेटौँडा जाँदै गरेको यूपी ७० एनटि ६९१७ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले  बताए । 

दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । ब्रेक फेल भएर गाडी सडकको बायाँ तर्फ ठोक्किएको छ । घाइते हुनेमा उत्तर प्रदेश घर भएका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जीतेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह छन् ।
 

प्रतिकृया दिनुहोस्