×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता

५ प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता

काठमाडौं । प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रतिस्थापन विधेयक दर्ता भएको छ । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भइसकेको छ ।

तिनै पाँच अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालययले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दर्ता गरेको छ ।

यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ मन्त्रालयले दर्ता गराएको छ ।

निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक पनि अर्थ मन्त्रालयले नै दर्ता गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको छ ।

यी विधेयकहरू अगाडि बढाउने विषयमा सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा यी प्रतिस्थापन विधेयक अगाडि बढ्ने छन् ।

प्रतिकृया दिनुहोस्